प्रधानमन्त्रि देउवाद्वारा बोधगया दर्शन, आजै स्वदेश फर्किने

 

भदौ ११, काठमाडौं-  मित्रराष्ट्र भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवाले आज बिहार राज्यस्थित बोधगयाको दर्शन गरेका छन्।

बोधगया गौतमबुद्धले बुद्धत्व प्राप्त गरेको महत्वपूर्ण स्थान हो। प्रधानमन्त्री देउवा शनिबार बोधगया पुगेका हुन्। प्रधानमन्त्री देउवासहितको नेपाली प्रतिनिधिमण्डल आज अपराह्न ३ बजे एयर इन्डियाको विशेष चार्टर्ड विमानबाट नयाँदिल्ली प्रस्थान गर्नेछन।

नयाँदिल्लीमा आयोजना हुने विशेष बिदाइ समारोहपछि प्रधानमन्त्री देउवा आजै बेलुका स्वदेश फर्किने छन ।