जहाज लिन निगमका २० कर्मचारी सिंगापुर

भदौ ११, काठमाडौं – राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले मर्मत भइरहेको आफ्नो एएटा ठुलो जहाज ‘हेर्न र लिन’जाने निहुँमा लाखौँै खर्च गरी २० जना कर्माचारीलाई सिंगापुर पठाएको छ ।

‘जहाज थपेर व्यवस्थापन पनि सुधार गर्दै लानुपर्छ’ भन्ने रटान लगाउने निगमका महाप्रवन्धक सुगतरत्न कंसकारले ती सबै कर्मचारीको भ्रमण विदा स्वीकृत गरेका हुन ।तीमध्ये आधाजति सिंगापुर घुमेर फर्किसकेको छन् भने आधा उतै घुमिरहेका छन् । सम्बद्ध विभागीय प्रमुखको सिफारिसपछि कंसरकारले भ्रमण विदा स्वीकृत गरेका हुन । आजको नागरिकमा खबर छापिएको छ ।

निगम उच्च स्रोतका अनुसार इन्जिनियरिङ क्वालिटी एस्योरेन्स र एयर वर्दिनेस विभागका निर्देशक र त्यसमुनिका अधिकृतसहित अन्य कर्मचारी एवं मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणका निर्देशक तहका दुई गरी २० जना सिंगापुर घुम्नेमा दरिएका छन् । तीमध्ये १८ जना निगमका कर्मचारी हुन्।

‘महाप्रवन्धक कंसरकारले स्वीकृत दिएपछि उनीहरुको सिंगापुर जाने बाटो खुलेको हो र यसका लासी व्यवस्थापनले २० लाख रुपैया खर्च गरेको छ।’,निगम स्रोतले शनिबार नागरिकसँग भन्यो,‘जो सिंगापुरमा जहाज हेर्न र लिन जाने भनेर गएका छन् ती कसैले पनि जहाज मर्मत भइरहेको ‘ह्यांगर’भित्र जानै पाउदैनन्,लिएर आउनु त परैको कुरा भयो।’