स्वदेशमै रोजगारी प्रदान गरिने ः श्रमराज्यमन्त्री

भदौ १०, काठमाडौं –  श्रम राज्यमन्त्री डिल्ली चौधरीले स्वदेशमै रोजगारीको अबसर प्रदान गरिने बताएका छन। उनले उद्योग कलकारखानाको स्थापना गरी रोजगारीको सिर्जना गर्ने तर्फ सरकार लागेको बताए ।
रिपोर्टर्स क्लबद्धारा दाङमा आयोजीत साक्षात्कार कार्यक्रममा उनले युवालाई मुलुकभित्र विभिन्न तालीम दिएर दक्ष जनशक्ति उत्पादन गरी वैदेशिक रोजगारमा जाने श्रमिकको संख्या घटाउँदै लैजाने समेत उल्लेख गरे ।
उनले सरकारको पहिलो प्राथमिकता चुनाव भएको भन्दै सबै तहका चुनाव सम्पन्न गरी संविधान कार्यान्वयनसँगै देशमा आर्थिक विकास गरिने छ उनले बताए ।