नेपाल र भारतबीच आठ वटा समझदारी पत्रमा हस्ताक्षर

 

भदौ ८ ,काठमाडौं— प्रधानमन्त्रि शेरबहादुुर देउवाको भारत भम्रणको क्रममा बिभिन्न क्षेत्रका आठ वटा समझदारी पत्रमा हस्ताक्षर भएको छ । भारतले प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीको उपस्थितिमा समझदारी पत्र आदान प्रदान भएको हो ।

त्यसअघि हैदराबाद हाउसमा देउवा र मोदीबीच झण्डै ३० मिनेट वान टु वान कुराकानी नभएको थियो । लगतै देउवा र मोदीको उपस्थितिमा द्विपक्षीय वार्ता हुनेछ ।
पुनर्निर्माणसम्बन्धी ४ वटामा समझदारी भएको छ । भूकम्पपछिको पुनर्निर्माण लागि भारतले घोषणा गरेको १ विलियन अर्थात १ अर्बको प्रयोगबारे छ भने अर्को स्वास्थ्य, शिक्षा र पुरातात्विक सम्पदा पुननिर्माण सम्वन्धी छ ।

चार समझदारी २५० विलियन अर्थात २ खर्ब २० अर्बको भएको पुनर्निर्माण प्रधिकरणका कार्यकारी प्रमुख गोविन्द पोखरेलले जानकारी दिए ।

नेपाल र भारतबीच मोची पुल पुननिर्माण, लागू औषध नियन्त्रण, तापतौल र चार्टर एकान्टेनसम्वन्धी चार समझदारी पत्रमा पनि हस्ताक्षर भएको छ ।