यू–१५ साफ च्याम्पियनसिपमा नेपाल र भारत भिड्दै

 

भदौ ७, काठमाडौं – आज नेपाल यू–१५ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताअन्तर्गत भारतसँग खेल्दैछ । दुवै टोली सेमिफाइनलमा प्रवेश गरिसकेको हुनालेआजको खेलले समूह विजेता र उपविजेताको टुंगो लाग्ने छ ।नेपाली समयअनुसार आज एन्फा कम्प्लेक्समा ३ बजे यी दुई टोली आमनेसामने हुँदैछ ।

घरेलु टोली नेपालले आफ्नो पहिलो खेलमा माल्दिभ्सलाई ६–० गोलले पराजित गर्दै सेमिफाइनलमा प्रवेश गरेको थियो । आजको खेलको विजेताले समूह ए को उपविजेता बनेको भुटानसँग सेमिफाइनलमा प्रतिस्पर्धा गर्नेछ । त्यस्तै, आजको उपविजेता हुने टिमले समूह ए को विजेता बनेको बंगलादेशसँग सेमिफाइनलमा खेल्नेछ ।