सरकारले देश र संघको निर्वाचन आगामी मंसिर १० गते गर्ने निर्णय

भाद्र ५, काठमाडौं – सरकारले प्रदेश र संघको निर्वाचन आगामी मंसिर १० गते गर्ने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले आगामी मंसिर १० गते दुवै निर्वाचन एकै चरणमा गर्ने निर्णय गरेको हो । सूचना तथा सञ्चार मन्त्री मोहनबहादुर बस्नेतले मंसिर १० गते निर्वाचन गर्न निर्वाचन आयोगलाई सिफारिस गर्ने जानकारी दिनुभयो । आयोगले समय थोरै भएकाले दुबै निर्वाचन गराउन कठिन हुने बताउदै आएको छ ।

आगामी माघ ७ भित्र सबै तहको निर्वाचन गर्नुपर्ने संवैधानिक बाध्यता छ । यसैबीच निर्वाचन आयोगले प्रदेश र संघको निर्वाचनको तयारी भइरहेको बताएको छ । सप्तरीमा प्रमुख निर्वाचन आयुक्त अयोधिप्रसाद यादवले प्रदेश र संघको निर्वाचनको तयारी भइरहेको बताउनु भएको हो । उहाँले बाढि र पहिरोको कारण तेस्रो चरणको स्थानी निर्वाचनमा चुनौती थपिएको समेत बताउनुभयो । आयुक्त यादबले बाढि पहिरोको समस्या समाधामन गरी निर्वाचनको वातवरण बनाउन सरकारलाई आग्रह गर्नुभयो ।