प्रधानमन्त्रीले भने छिट्टै देश विकास हुन्छ

भाद्र ५, काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले राजनीतिक दलभित्र एकता भए देश विकास हुने बताउनु भएको छ । आज त्रिचन्द्र कलेजको सत्वार्षिकी समारोह उद्घाटन गर्दै उहाँले राजनितिक दलभित्र एकता भए देशले चाँडै विकासको फड्को मार्ने बताउनुभएको हो । समारोहमा उहाँले नेपालभित्र प्रशस्त रोजगारीको सम्भावना रहेको बताउँदै स्वदेशमा नै रोजगारीमूलक शिक्षा प्रदान गर्नुपर्नेमा जोड दिनुभयो ।

नेपालमा उच्च शिक्षाको थालनी भएको आज एक सय वर्ष पूरा भएको छ । वि.सं. १९७५ मा त्रिचन्द्र कलेज स्थापना भएसँगै नेपालमा उच्च शिक्षाको थालनी भएको थियो । १९७५ भदौ ५ गतेबाट त्रिचन्द्रमा विधिवत् उच्च शिक्षाको सुरुवात गरेको आधारमा त्रिचन्द्र बहुमुखी क्याम्पसले आज शतवार्षिकी समारोह मनाएको हो ।