प्रधानमन्त्री राहत कोषमा २ अर्ब १२ करोड रुपैयाँ, बाढी पिडित भोकभोकै

साउन ३१, काठमाण्डौ – सरकारी राहत कोषमा अर्बौ रुपैयाँ जम्मा भएको छ । तर बाढीपीडित जस्ता प्राकृतिक विपतमा परेका हजारौं जनता चिसो र भोकबाट निरन्तर पीडित बन्ने गरेका छन् ।

प्रधानमन्त्री कार्यालयका अनुसार प्रधानमन्त्री राहत कोषमा २ अर्ब १२ करोड रुपैयाँ छ ।
कोषमा देशभित्र र बाहिर रहेका विभिन्न समुह र सर्वसाधारणले दिएको रकम जम्मा भएको हो ।
त्यसैगरी देशका ७५ जिल्लामा शाखा रहेको केन्द्रीय विपद् उद्धचार तथा राहत समितिमा समेत करोडौं रुपैयाँ जम्मा भएको छ । यो खबर आजको नागरिकमा छ ।