साउन ३०,काठमाडौं – पहिरोका कारण अबरुद्ध बनेको नारायणगढ मुग्लिन सडकखण्ड १५ घण्टापछि सञ्चालनमा आएको छ ।
नारायणगढ-मुग्लिन सडकखण्डको पाँचकिलोमा गए राति पहिरो खसेपछि सडक अवरुद्ध बनेको थियो । राति १० बजेदेखि अबरुद्ध सडक अहिले १ बजेबाट सञ्चालनमा आएको चितवन प्रहरी प्रमुख एसपी दीपक थापाले जानकारी दिए ।
आज बिहानैदेखि दुवैतर्फबाट डोजर प्रयोग गरी पहिरो पन्छाउन सुरु गरिएको थियो ।
गत शुक्रबार दिउँसो २ बजेपछि ठाउँ-ठाउँमा पहिरो खसेपछि अवरुद्ध बनेको सडक आइतबार साँझ ५ः१५ बजे पहिरो पन्छाएर यातायात आवागमन सुरु भएको थियो । दुई दिनपछि बाटो खुलेको ४ घण्टापछि नै गएराति पुनः पहिरो खसेर अबरुद्ध भएको थियो ।