बाढीको डरलाग्दो क्षति मोरङमा अहिलेसम्म बाढीले १८ जनाको मृत्यु

साउन ३०,काठमाडौं –   विराटनगर- भारी बर्षाको भेलले बगाउँदा मोरङमै १८ जनाको मृत्यु भइसकेको छ। जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार सोमवारसम्ममा १८ जनाको मृत शरिर भेटिएको छ।

      भारी बर्षा हुने क्रम रोकिएपछि पानीले बगाएर मृत्यु भएकाहरुको शब भेटिन थालेको मोरङ प्रहरीका प्रमुख एसपी अरुणकुमार बिसिले जानकारी दिए । उनले सोमवार मात्रै मोरङमा १२ जनाको मृत शरिर भेटिएको जानकारी दिए । उनका अनुसार मृतक मध्ये १४ जनाको पहिचान भइसकेको छ । बाँकी चारजनाको पहिचान गर्ने काम भइरहेको उनले बताए ।

                जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार बाढीले बगाएर लगेको चारजनाको मृत शरीर भारतीय क्षेत्रमा बरामद भएको छ। विहार प्रहरीको सहयोगमा उनीहरुको मृत शरिर बरामद गरी मोरङ ल्याइएको छ।

                भारी बर्षा रोकिएपछि पानीको सतह कम हुन थालेको छ । जसले गर्दा पानीमा बगेर बेपत्ता भएकाहरुको मृत शरिर भेटिन थालिएको प्रहरीले जनाएको छ। पछिल्लो तथ्यांकअनुसार बाढीबाट सबैभन्दा बढी मानवLय क्षति भएको मोरङ नै हो । आइतवारसम्म ६ जनाको मृत्यु भएको प्रहरीले बताएको थियो । तर, सोमवार मात्रै १२ जना थप मृतक बरामद भएको