बाढी र पहिरोले ४९ जनाको ज्यान लियो

साउन २९, काठमाडौं—  गृह मन्त्रालयले जनाए अनुुसार बाढी र पहिरोका कारण ज्यान गुमाउनेको संख्या ४९ पुगेको छ । यसै गरि १७ जना बेपत्ता भएका छन् ।

अविरल वर्षाका कारण आएको वाढी र पहिरोले सुनसरीमा ८ जनाको मृत्यु भएको छ भने रौतहटमा ७ र मोरङमा ५ जनाले ज्यान गुमाएका छन् ।

गृह मन्त्रालय अन्तरर्गतको राष्ट्रिय आपतकालीन केन्द्रका अनुसार १३ जना घाइते भएका छन् । बाढी तथा पहिरोका कारण ३०५ घरमा क्षति पुगेको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।