सोमबारसम्म निरन्तर वर्षा : मौसम पूर्वानुमान महाशाखा

साउन २९, काठमाडौं – सोमबारसम्म मौसम बदली जारी रहने भएको छ । बिहीबारबाट सुरु भएको मौसम बदली सोमबारसम्म जारी रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सोमबार पनि दिनभर बर्षात् हुने र त्यसपछि क्रमशः मौसममा सुधार आउने मौसमविद् सुधिर श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार सामान्य बर्षात् भने भाद्र पहिलो हप्तासम्म जारी रहनेछ । वङ्गालको खाडीबाट आएको जलवाष्प युक्त पश्चिमी वायुको प्रभावले नेपालको पूर्वी तथा पश्चिमी क्षेत्रमा भिषण वर्षा भईरहेको छ । भाद्र दोस्रो हप्ताबाट नेपालको पूर्व तिरबाट मौसम बाहिरिने महाशाखाले जनाएको छ ।