भरतपुर वडा नम्बर १९ को मतगणना सम्पन्न, देवी ज्ञवाली २२१ मतले अगाडि

 

२१, साउन काठमाडौ—भरतपुर वडा नम्बर १९ को मतगणना सम्पन्न भएको छ । सम्पन्न भएको मत परिणाम अनुसार एमालेका देवी ज्ञवालीले ४१ हजार ९ सय ४६ मत प्राप्त गरेका छन् । कांग्रेस-माओवादी गठबन्धनकी उम्मेदवार रेणु दाहालले ४१ हजार ७ सय २५ मत प्राप्त गरिन् । एमालेका देवी ज्ञवाली रेणु दाहाल भन्दा जम्मा २२१ मतले अगाडि छन् ।

यसैगरी उपमेयरमा काँग्रेसकी पार्वती शाहले ४५ हजार ६ सय २३ मत प्राप्त गरेकी छन् । एमालेकी दिव्या आचार्यले ३८ हजार ६ सय ४ मत प्राप्त गरेकी छिन् ।

वडा अध्यक्षमा नेपाली कांग्रेसका कृष्ण बहादुर गुरुङ प्यान सहित विजयी भएका छन् । गुरुङले १४७८ मत प्राप्त गरेका छन् ।

साभार नयाँ प्रत्रिका