भरतपुर प्रकरण बिरुद्ध सर्वोच्च अदालतमा दायर रिट माथि आज सुनुवाई हुदै

साउन १५, काठमाडौं – चितवनको भरतपुर महानगरपालिका १९ को पुनः मतदान गराउने निर्वाचन आयोगको निर्णय बिरुद्ध सर्वोच्च अदालतमा दायर रिट माथि आज सुनुवाई हुदै छ । रिटमाथि वलिकहरुको बहस सकिएको छ । गउको विहीबार प्रतिरक्षामा बहस गर्ने क्रम सकिएपछि आजै रिटमाथी अन्तिम फैसला आउने सम्भावना छ ।
गएको बिहिवार सुनुवाई नहुँदा हेर्दा हेर्दैमा राखिएको मुद्धामा आज सुनुवाई हुन लागेको हो । निवेदकका तर्फबाट सरकारी वकिलहरुले बहस गरेपछि आजका लागि पेशी तोकिएको हो । न्यायधिशद्धय ओमप्रकाश मिश्र र पुरुषोत्तम भण्डारीको संयुतm इजलासमा सुनुवाई भएपनि नसकिएपछि हेर्दा हेर्दैमा राखिएको हो ।
भरतपुर महानगरमा मतगणना चलिरहेको बेला मतपत्र च्यातिएपछि निर्वाचन आयोगले फेरि निर्वाचन गराउने निर्णय गरेको थियो । बिबादमाथि आज आठौं पटक सुनुवाई हुन लागेको हो । माओबादी केन्द्रका कार्यकताले ९० मतपत्र च्यातेपछि निर्वाचन आयोगले वडा नं १९ मा पुन मतदान गर्ने निर्णय गरेको थियो । निर्णय बिरुद्ध अधिवतmा तुलसी पाण्डे र वडा नं १९ का नेकपा एमालेका उम्मेद्धार गुन्जमान बिकले सर्वोच्चमा दायर गर्नुभएको रिटमा यो मुद्धा चलिरहेको हो । भरतपुरको प्रमुख पदमा एमालेका उम्मेद्धवार देवि ज्ञवालि र माओबादि केन्द्रका रेणु दाहालबिच तिब्र प्रतिस्पर्धा थियो ।