निर्वाचन आयोगद्वारा प्रदेश र प्रतिनिधिसभा निर्वाचनको प्रक्रिया शुरु

साउन १४, काठमाडौं–निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको प्रक्रिया सुरु गरेको छ । माघ ७ भित्र दुबै निर्वाचन सम्पन्न गरिसक्नुपर्ने संवैधानिक ब्यबस्थालाई आधार मान्दै आयोगले दुबै निर्वाचनको प्रक्रिया सुरु गरेको हो । आयोगले आज सार्वजनिक सूचना जारी गर्दै दुबै निर्वाचनका लागि दल दर्ताको आब्हान गरेको छ । ३० दिनको समय दिएर आयोगले दलहरुलाई दर्ताको लागि सार्वजनिक आव्हान गरेको हो । संविधानको धारा २ सय ७१ मा राजनैतिक दलको मान्यता पाउन आयोगमा दल दर्ता अनिवार्य गराउनु पर्ने उल्लेख छ । आयोगले दल दर्ताका लागि गत आर्थिक बर्षको आय ब्यय सहितको प्रतिवेदन, चुनावमा भाग लिने जिल्ला, दलको झण्डा, चुनाव चिन्ह निवेदनका साथ आयोगमा बुझाउनुपर्नेछ । त्यस्तै पार्टीको बिधान, नियमावली र घोषणापत्र पनि निवेदनका साथ संलग्न गर्नुपर्ने आयोगको सूचनामा उल्लेख छ ।यो समाचार कान्तिपुरवाट लिएका हौ ।

प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा आयोगको समयसिमा भित्र अर्थात् आगामी भदौ ११ गते भित्र दर्ता भएका दलले मात्र सहभागी हुन पाउनेछन् । सत्तारुढ र प्रतिपक्षी दल प्रदेशसभा र संविधानसभाको निर्वाचन एकै चरणमा गर्न लबिङ गरिरहेका बेला आयोगले आफ्नो तयारी अघि बढाएको हो । यसैबीच निर्वाचन आयोगले पर्सीदेखि सबै स्थानीय तहबाट नामावली संकलनको काम गर्ने जनाएको छ । साउन १ गतेदेखि जिल्ला सदरमुकामबाट नामावली संकलन सुरु गरेको आयोगले जिल्ला सदरमुकाम सहित स्थानीय तहबाट पनि नामावली संकलन गर्न लागेको हो । आयोगले विज्ञप्ती जारी गर्दै १८ बर्ष उमेर पुगेर पनि मतदाता नामावलीमा नाम नभएका मतदातालाई साउन ३२ भित्र नामावली दर्ता गराउन आग्रह गरेको हो । त्यस्तै यसअघि भएको नामावलीमा कुनै त्रुटि भए पनि सच्याउन सकिने आयोगले स्पष्ट पारेको छ ।