साउन ९, काठमाडौं – आइतबार बेलुका आएको पहिरोले सिन्धुपाल्चोकस्थित भोटेकोशी नदीको लार्चा पुल भाँचिएको छ । पुल भाँचिएपछि यातायात आवागमन अवरुद्ध बनेको छ ।
फुल्पिङकट्टी र तातोपानी जोड्ने करिब ७० मिटर लामो पक्की पुललाई ठूलाठूला ढुङ्गासहित खसेको पहिरोले भाँचेको हो ।
पुलको बीच भाग भाँचिएपछि आवागमन पूर्ण रुपमा बन्द भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले जनाएको छ ।
पुल भाँचिएपछि तातोपानी र बाह्रबिसेबीचको सम्बन्ध बिच्छेद भएको छ ।
यो पुल २ वर्षअघि मात्रै चिनियाँ सरकारको सहयोगमा निर्माण भएको थियो । यसअघि २०३८ मा पनि तातोपानीस्थित मितेरी पुललाई बाढीले बगाएको थियो ।