साउन ९, बाग्लुङ – बाग्लुङ जिल्लाको बाडिगाड गाउँपालिका-५ ग्वालीचौरमा सोमबार बिहान भएको जिप दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन्।
जलजलाबाट खर्बाङतर्फ आउँदै गरेको जिप साबिक गौलिचौर गाविस–३ बाबिक भन्ने ठाउँमा दुर्घटनामा परेको ग्वालीचौर प्रहरी चौकीले जनाएको छ।
स्थानीय र प्रहरीको सहयोगमा घाइतेको उद्धार गरिएको छ। दुर्घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।