दुई महिनामा १४४२ कर्मचारी विदेश सयरमा,एक अर्ब स्वाहा

 
असार २८ ,काठमाडौं – पछिल्लो दुई महिनासम्म सरकारका १ हजार ४ सय कर्मचारीले विदेश भ्रमणमा गरेर राज्यकोषको एक अर्बभन्दा बढी रुपैयाँ खर्च गरेका छन्।

यो रकम दैनिक भ्रमण भत्ता र हवाई टिकटमा भएको सामान्य हिसाव मात्र हो। यो खबर रोशन सेडाइ र भद्र शर्माले आजको नागरिकमा लेखेका छन्।

ती कमर्चरीले यस अवधिमा एसिया, अफ्रिका, युरोप, उत्तर, अमेरिका, दक्षिण अमेरिका, अस्ट्रेलियाका विभिन्न मुलुकको भ्रमण गरेका हुन्। ‘यस अवधिमा कर्मचारीहरू अन्टार्टिकाबाहेक सबै महादेशमा पुगेका छन्,’ प्रधानमन्त्री कार्यालयका एक अधिकारीले भने।