संविधान संशोधन प्रस्ताव तत्काल अघि नबढ्ने बिमलेन्द्र निधिको भनाइ

 

असार २७,काठमाडौं – सरकारले व्यवस्थापिका संसदमा पेश गरेको संविधान संशोधन प्रस्ताव तत्काल अगाडि नबढ्ने भएको छ। प्रमुख प्रतिपक्षी दल एमालेले समर्थन नगर्ने र एमालेको समर्थ बिना दुई तिहाई नपुग्ने भएकाले सरकारले प्रस्ताव अगाडि नबढाउने तयारी गरेको कांग्रेस नेता बिमलेन्द्र निधिले खुलासा गर्नु भएको हो।
मंगलबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन दलको बैठकमा एमालेले संविधान संशोधन प्रस्तावमा समर्थन गर्न नसक्ने बताएपछि सरकारले प्रस्ताव अगाडि नबढाउने तयारी गरेको हो।
बालुवाटार बैठकमा समेत सहभागी नेता निधिले ट्वीट गर्दै एमालेले प्रस्तावमा समर्थन नगर्ने भएपछि प्रस्ताव अघि नबढाउने तयारी सरकाले गरेको उल्लेख गर्नु भएको हो।
‘संविधान संशोधनमा एमालेले समर्थन नगर्ने र दुई तिहाई नपुग्ने भएपछि उक्त संशोधन प्रस्ताव हाललाई अगाडि नबढ्ने भयो,’ नेता निधिले लेख्नु भएको छ।
यसै विषयमा छलफलका लागि मंगलबार साँझ राष्ट्रिय जनता पार्टी (राजपा) नेपालसँग छलफलको तयारी भएको समेत निधिले उल्लेख गर्नु भएको छ।