बुटवलमा एमालेका सुवेदी कांग्रेसका पाण्डेभन्दा २६७२ मतले अगाडि

 
असार २१, काठमाडौं – रुपन्देहीको बुटवल उपमहानगरपालिकामा नेकपा एमालेका उम्मेदवार शिवप्रसाद सुवेदीले कांग्रेस माअोवादी गठबन्धनका उम्मेदवार खेलराज पाण्डेसँगको अग्रता कायम राखेका छन्। प्राप्त पछिल्लो मत परिणाममा सुवेदीले २१ हजार ४ सय ५० मत पाएका छन् भने पाण्डेले १८ हजार ७ सय ७८ मत ल्याएका छन्।

उपप्रमुखमा एमाले उम्मेदवार १० हजारभन्दा बढी मतले अगाडि छन्। एमालेकी गोमा अाचार्यले २३ हजार ४ सय३० मत पाउँदा कांग्रेस-माअोवादी गठबन्धनका उम्मेदवार जगतबहादुर पोखरेलले १३ हजार १ सय ३२ मत पाएका छन्।

बुधबार बिहान बुटवल-१६ को मतगणना सकिएको छ। सो वडामा एमालेको प्यानल विजयी भएको छ।