ओखलढुंगामा ५.१ रेक्टर स्केलको भूकम्प

 

असार १८,काठमाडौं – ओखलढुंगा केन्द्रविन्दु भएर ५ दशमलव १ रेक्टर स्केलको परकम्प गएको छ । आइतबार बिहान ७ बजेर ४३ मिनेटमा ओखलढुंगाको बरुणेश्वर केन्द्रविन्दु भएर ५ दशमलव १ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । ओखलढुंगा, सोलुखुम्बु, रामेछाप लगायतका ठाउँमा धक्का महशुस गरिएको थियो । यो २०७२ वैशाख १२ गतेकै भूकम्पको परकम्प भएको केन्द्रका प्रमुख लोकविजय अधिकारीले बताउनुभयो ।