इलाममा कांग्रेसले खाता खोल्यो

 

असार १८ ,इलाम – इलाममा नेपाली कांग्रेसले पनि खाता खोलेको छ । माङसेबुङ गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गो ३७५९ मत सहित विजयी भएका छन्।

उनका निकटतम प्रतिद्वन्दी एमालेका हेमन्त राईले ३१५१ मत पाएका थिए।

उपाध्यक्षमा भने नेकपा एमालेकी सुनिता योङहाङ २९८१ मतसहित विजयी भइन्। उनले संघीय समाजवादी फोरमका उम्मेदवारलाई हराएकी हुन्। संघीय समाजवादी फोरमका विनोदकुमार नेम्बाङले २७७१ मत पाए ।