९५ स्थानको मतपरिणाम घोषणा

 

असार १७, काठमाण्डौ । निर्वाचनलाई स्थानीय तहको दोस्रो चरणको निर्वाचन अन्तर्गत अहिलेसम्म ९५ वटा स्थानीय तहको मतपरिणमा प्राप्त भएको जनाएको छ । आज दिउँसोसम्ममा ९५ स्थानको मतपरिणाम घोषणा भइसकेको आयोगमा रहेको संयुक्त निर्वाचन परिचालन केन्द्र (जेइओसी) ले जनाएको छ ।
ताप्लेजुङको याङमा मावि याङमाको मतपेटिका पनि सङ्कलन भई मतगणना सुरु भइसकेको आयोगले जनाएको छ ।
दोस्रो चरणको निर्वाचनबाट १५ हजार ३८ जनप्रतिनिधि चयन हुनेछन् । नवलपरासीको बर्दघाट नगरपालिका – १२ को राजनीतिक दललाई निर्वाचन अधिकृतले दिएको खसेको मत सङ्ख्या र निर्वाचन अधिकृतको कार्यालयमा दिएको सङ्ख्यामा १६ मत फरक परेकाको कारण स्पष्ट नभएसम्मका लागि स्थगित गरिएको मतगणना कार्य आज साँझ ७ बजे बस्ने सर्वदलीय बैठकपछि अघि बढ्ने जानकारी दिइएको छ ।