दग्नाम सडक सञ्जालसँग जोडियो

असार १७, काठमाण्डौ । म्याग्दीको रघुगङ्गा गाउँपालिका– ४ दग्नाम सडक सञ्जालसँग जोडिएको छ । मौवाफाँटदेखि सडक विस्तार थालेको दग्नाम गाउँमा सात वर्ष पछि सडक विस्तार भएको हो ।
दवाङ भिरको कडा चट्टानमा सडक विस्तार गर्नुपर्ने भएकाले सडक निर्माणको काममा ढिलाई भएको हो । कडा चट्टानका कारण विगत लामो समयदेखि सडक विस्तारको कार्य सुस्तगतिमा भएको भए पनि ट्रयाक खोल्न सफल भएको सडक निर्माण उपभोक्ता समितिका अध्यक्ष दग्नामका वडाअध्यक्ष एकबहादुर गर्बुजाले जानकारी दिनुभयो ।
स्थानीय यातायात पूर्वाधार विकास कोषमार्फत जिल्ला समन्वय समिति ले दुई चरणमा ६५ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । यही बजेटबाट दवाङभिरको चट्टान काटेर दग्नाम गाउँमा सडकको सञ्जाल पु¥याइएको हो । यो वर्ष ठुलो बजेट विनियोजन भएको भए पनि ढिला निकासा भएको कारण सबै बजेटको उपयोग गर्न हम्मेहम्मे परेको उपभोत्ता समितिले जनाएको छ ।