सरकारद्धारा द्धन्द्ध पिडितलाई २० करोडको राहत वितरण

असार १७, काठमाण्डौ । सरकारले सुर्खेतका  द्वन्द्वपीडितलाई राहत बितरण गर्ने भएको छ । शान्ति तथा पुनःनिर्माण मन्त्रालयले दोस्रो चरणमा २० करोड ४० लाख ६४ हजार राहत वितरण गर्ने भएको हो । दशवर्षे जनयुद्धमा मृत्यु भएका, बेपत्ता पारिएका, अपहरण गरिएका, विस्थापित परिवारका हकदारका लागि राहत रकम वितरण गरिने स्थानीय शान्ति समितिले जनाएको छ । मृत्यु र बेपत्ता पारिएका पीडितमध्ये लगत सङ्कलन समितिको छनोटमा परेका ३३६ परिवारका लागि  १४ करोड ८३ लाख ५० हजार राहत वितरण गरिनेछ । यसैगरी  पाँच सय पाँच विस्थापित परिवारलाई   चार करोड १० लाख  वितरण गरिने छ । त्यस्तै  अपहरण पारिएका १२ परिवारका ३ लाख  वितरण गरिने भएको छ । स्थानीय शान्ति समितिका संयोजक मोहन थापाले अपहरणमा परेका परिवारका हकमा २५ हजार नबढ्ने गरी राहत वितरण गर्न मन्त्रालयबाट निर्देशन आएको जानकारी दिनुभयो । शान्ति समितिको तथ्याङ्कअनुसार जिल्लामा ८५२ जना अपहरणमा परेका द्वन्द्वपीडित छन् ।

सरकारले पहिलो चरणमा जिल्लाका २ सय ८८ परिवारलाई राहत बितरण गरिएको हो ।