ताप्लेजुङमा यस्तो छ मत परिणम

 

असार १७, काठमाडौं – मैवाखोलामा गाउँपालिकामा  एमालेका राजन थत्लुङ १,८१५ र कौशिला वनेम १,९५१ मत ल्याएर अध्यक्ष र उपाध्यक्षमा विजयी भएका छन् । यहाँ कांग्रेसका डम्बर चोङवाङ १,२१९ र सुजता लिम्बू १,०८४ मत ल्याएर पराजित भएका छन् ।

मिक्वाखोला गाउँपालिकामा एमालेका रामकुमार साँवा १,४८४ ल्याएर २५ मतले विजयी भएका छन् । उपाध्यक्षमा भने कांग्रेसका रुद्रकुमारी लिम्बू १, ४८९ मत ल्याएर विजयी भएकी छन् । अध्यक्षमा १,४५९ मत ल्याएर भक्त कार्की र १,३८२ मत ल्याएर एमालेका मीना केदेम पराजित भएका छन् ।

आठराई त्रिवेणी गाउँपालिकामा कांग्रेसका विश्व सिटौला १३ मतले विजयी भएका छन् । सिटौलाले २,२२७ मत प्राप्त गर्दा एमालेका लक्ष्मीबहादुर याक्सो लिम्बूले २,२१४ मत ल्याएका थिए । उपाध्यक्षमा एमालेका मञ्जु भटराई २,११८ मतसहित विजयी भइन् । कांग्रेसकी ममता हुक्पाचोङवाङले २,०३४ मत प्राप्त गरिन् ।

मेरिङदेन गाउँपालिकामा कांग्रेसका गणेशबहादुर चोङवाङ २,३०० मत ल्याएर विजयी भए । एमालेका मंगलसिंह केदेमले २,१८५ मत प्राप्त गरेका थिए । उपाध्यक्षमा एमालेका कल्पना तुम्बाहाम्फे २,३३४ मत ल्याएर विजयी हुँदा माओवादीका भीम केदेमले १,०८१ मत प्राप्त गरेकी थिइन् ।

सिदिङ्वा, सिरिजंघा र याङवरक गाउँपालिकामा गणना भइरहेको छ भने फक्तालुङ गाउँपालिकामा शनिबार दिउँसोदेखि सुरु हुने मुख्य निर्वाचन अधिकृत अशोककुमार बस्नेतले बताए । ओलाङचुङगोलाको याङमा केन्द्रमा रहेको मतपेटिका शनिबार १२ बजेसम्ममा तापेथोक पुग्ने र त्यसपछि गणना सुरु गर्ने तयारी भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको हो ।