म्याग्दीको मङ्गलामा तिनवटा खानेपानी आयोजना सम्पन्न

असार १६ । म्याग्दीको मङ्गला गाउँपालिकामा खानेपानी आयोजनाका निर्माण कार्य सम्पन्न भएको छ । लक्ष्य भन्दा एक महिना पहिले नै मङ्गलाको तिनवटा खानेपानी आयोजना सम्पन्न भएको हो । यो आयोजनामा मङ्गला गाउँपालिका–४ स्थित बाघहान्नेगौडा, ३ स्थित डेगखोला र २ स्थित कोक्रवाङ तोराखेतमा निर्माण भएका छन् । यी तीनवटै आयोजनाबाट १६६ घरपरिवार लाभान्वित भएका छन् । पहिले खोल्सा र मुहानबाट प्रशोधन नगरिएको पानी नालाबाट लगेर उनीहरुले उपभोग गर्दै आएका थिए । अब घर घरमै शुद्ध खानेपानी आपूर्ति भएपछि स्थानीय बासि खुसि भएका छन् ।