त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थल सरसफाईमा आधुनिक प्रविधी


असार १५, काठमाण्डौ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थललाई सरसफाईमा आधुनिक प्रविधी प्रयोग गरिने भएको छ । बिमानस्थलको सरसफाइ गरी पर्यटकको नेपाल आगमनलाई आनन्दमय बनाउने उद्देश्यसहित ‘अतिथि देवो भवः’ अभियानअन्तर्गत गैरआवासीय नेपाली सङ्घ एनआरएन सँगको सहकार्यमा नेपाल नागरिक उड्डयन प्राधिकरण क्यान र त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलले संयुक्त रुपमा योे अभियान सुरु गरिएको हो ।
एक महिनासम्म चल्ने अभियानमा सरसफाइसम्बन्धी दक्ष मजदुर र आधुनिक प्रविधिको प्रयोग गरिनेछ । अन्तर्रा्ष्ट्रिय विमानस्थललाई आधुनिक सरसफाइको नमुना बनाइने अभियानका संयोजक खेम्स क्लिनर्स सर्भिसेसका अध्यक्ष खेम शर्माले बताउनुभयो ।
सफाइ अभियानको शुभारम्भ कार्यक्रममा क्यानका महानिर्देशक सञ्जीव गौतमले विमानस्थलको सरसफाइ निरन्तर प्रक्रिया भएको र यसलाई परिणाममुखी बनाउन सबै क्षेत्रको सहयोग अपरिहार्य भएको बताउनुभयो ।
“सरसफाइ ठूलो कुरा होइन, निरन्तरको प्रयासपछि निकै प्रगति भए पनि हामी खुसी छैनाँै कामप्रति हामी बारम्बार आलोचित पनि छाँै, जबसम्म यात्रु खुसी हुँदैन, तबसम्म यसले सार्थकता नपाउँने उहाँले बताउनुभयो ।
विमानस्थलका महाप्रबन्धक देवानन्द उपाध्यायले विमानस्थल साँघुरो र यात्रुको चापले गर्दा सरसफाइदेखि अन्य कुरामा समेत चुनौती थपिँदै गएको उल्लेख गर्दै सफाइ अभियानलाई साता, महिना दिन नभई निरन्तर अघि बढाइनुपर्नेमा जोड दिनुभयो ।