विराटनगर महानगरपालिकामा मतगणना शुरु

विराटनगर महानगरपालिकको मत गणना सुरु भएको छ । अपराह्न सवा चारबजेबाट महानगरपालिकाको मतगणना शुरु भएको हो । विराटनगर महानगरपालिका वडा नम्वर एक अन्तर्गत रहेका दुई मत पेटिकाको मुख्य निर्वाचन अधिकृत विनोदकुमार पोख्रेलले शील तोड्दै मत गणनाको सुरूवात गर्नुभएको छ ।