भेजपुरमा माओवादी केन्द्रको विजयी शुरुवात

असार १५ । भोजपुरमा माओवादी केन्द्रले विजयी सुरुवात गरेको छ । रामप्रसाद राई गाउँपालिका–८ मा माओवादी केन्द्रका वडाध्यक्ष उम्मेदवार मनोज राईको प्यानल नै विजयी भएको हो । एमाले पाँचकुमार राईलाई १२ मतले पछि पार्दै मनोज राई विजयी हुनुभएको हो । नौवटा स्थानीय तह रहेको भोजपुर जिल्लामा पाँच तहको मतगणना जारी छ ।