असार १५, काठमाडौं – बैतडी चार वटै नगरपालिका र दुई गाउँपालिकामा मतगणना जारी छ । मेलौली नगरपालिका र पुर्चौडी नगरपालिकामा गएरातिदेखि मतगणना जारी छ । दशरथचन्द नगरपालिका र पाटन नगरपालिकामा बिहीबार बिहान ९ बजेबाट मतगणना सुरु भएको हो ।
पुर्चौडीको मेयरमा कांग्रेसले २९६, माओवादी केन्द्रले २०१ र एमालेले ६८ मत प्राप्त गरेको छ ।
मेलौलीको मेयरमा कांग्रेसले ११५, एमालेले ८० र माओवादी केन्द्रले ४२ मत पाएको छ । दशरथचन्द र पाटनमा पनि कांग्रेसको अग्रता छ ।
शिवनाथ र पञ्चेश्वर गाउँपालिकामा पनि मतगणना भइरहेको छ । शिवनाथको अध्यक्षमा एमालेले २३०, कांग्रेसले २०५, माओवादी केन्द्रको १९ र राप्रपाको २७ मत ल्याएको छ ।
पञ्चेश्वरको अध्यक्षमा एमालेले ५४२, माओवादीले ४९८, कांग्रेस ३१० र राप्रपाले १२ मत प्राप्त गरेको छ ।
साभार नयाँ प्रत्रिका