खाँदबारी नगरपालिका १० को अध्यक्षमा कांग्रेस विजयी

१५ असार, संखुवासभा  जिल्ला सदरमुकाम रहेको खाँदबारी नगरपालिकामा मत परिणाम आउन थालेको छ । नगरपालिकाको वडा नं. १० मा नेपाली कांग्रेसका उमेरदवार केशवजङ थापा विजयी भएका छन् ।

विजयी उमेदवार थापाले ५७५ मत ल्यएका छन् । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका उमेरदवार वेदबहादुर चौहानले ५२५ मतल्याएका थिए ।

त्यसैगरी माओवादी केन्द्रका वडाध्यक्ष उम्मदेवारले ४३ मत पाएका थिए ।

वडाध्यक्ष बाहेक महिला सदस्य, दलित सदस्य र खुल्ला दुई सदस्यमा भने एमालेका उम्मेदवार विजयी भएका छन् । महिला सदस्यमा चन्द्रकला तामाङ ५७३, दलित महिला सदस्य सीता विश्वकर्मा ५७३ खुल्ला सदस्य बलराम राई ५६६ र लीलाबहादुर गुरुङ ५५२ मत ल्याएर विजयी भएका छन् ।

खाँदबारी नगरपालिका वडा नंं १० चन्दनपुर मतदान केन्द्रमा जम्मा १९५० मतदाता रहेकोमा जम्मा १३२३ मत खसेको थियो । जिल्लामा ५ नगरपालिका र ५ गाउँपालिका छन् ।

वडा नम्बर १० को मतगणना सकिँदा मेयर र उपमेय दुवैमा नेकपा एमालेले अग्रता लिएको छ