प्रम सुरक्षामा खटिएको जिप दुर्घटना

असार १४ । प्रधानमन्त्री सेरवहादुर देउवाको सुरक्षाका लागि खटिएको प्रहरी टोली सवार जिप दुर्घटनामा परेको छ । से १ ज १५०३ नं को जीप धनगढी – डडेल्धुरा (भीमदत्त) राजमार्ग अन्तर्गत पर्ने कैलालीको फल्टुडेमा आज दुर्घटनामा परेको हो । दुर्घटनामा नौ जना प्रहरी घाईते भएका छन् । जसमध्ये दुईजनाको अवस्था गम्भिर रहेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता विरबहादुर बुढा मगर जानकारी दिनुभयो ।