भारतसँग सीमा जोडिएका नाका आजबाट तीन दिनका लागि बन्द

 

असार १२ काठमाडौ — आगामी बुधबार हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनलाई ध्यानमा राखेर भारतसँग सीमा जोडिएका नाका आजबाट तीन दिनका लागि बन्द गरिएको छ । शान्ति सुरक्षालाई मध्य नजर गरी आपराधिक घटना हुन नदिन राष्ट्रिय सुरक्षा नीतिअनुसार दुवैतर्फ सीमावर्ती क्षेत्रमा विशेष सुरक्षा व्यवस्थासहित ७२ घण्टा अगााडिबाट नाकामा आवातजावत  नियन्त्रण  गरिएको हो । आज बिहान ७ बजेबाट असार १५ गते बिहान ७ बजेसम्म सीमा नाका शिल हुनेछ  । यसअघि निर्वाचनलाई लक्षित गरी भारतको सुपौंलमा नेपाल–भारतका सीमावर्ती जिल्लाका सुरक्षा पदाधिकारीबीच छलफल गरी तीन दिनका लागि सीमा नाका बन्द गर्ने नाकामा हुनसक्ने आपराधिक गतिविधी नियन्त्रण गर्ने सहमती भएको थियो ।

साभार —कान्तिपुर दैनिक