मेरो पालामा सुदुरपश्चिमका जलविद्युत परियोजनाले गति लिन्छः प्रधानमन्त्री

असार ९। प्रधानमन्त्री शेरबहादुर देउवाले आफ्नो कार्यकालमा सुदुरपश्चिमका महत्वपूर्ण परियोजनाहरुले गति लिने दाबी गर्नुभएको छ । गृहजिल्ला डँडेलधुरा जानेक्रममा आज धनगढी विमास्थलमा पत्रकारहरुसँग कुरा गर्दै उहाले सुदुरपश्चिमका दुइ परियोजनाहरु सेती र पञ्चेश्वर जलबिद्युत परियोजनाले आफ्नै पालामा गति लिने दाबी गर्नुभएको हो ।
यस्तै आफ्नै पालामा नेपाल र चीनबीच सडक सञ्जाल जोडिने पनि उहाको भनाई छ । ताप्लेजुङको ओलाङचोङगोलाबाट चीन जोड्ने सडकका लागि सरकारले बजेट बिनियोजन गरिसकेको भन्दै प्रधानमन्त्री देउवाले सडक निर्माण प्रक्रिया तीव्र गतिमा सुरु हुने बताउनुभयो ।
कांग्रेस सभापति समेत रहनुभएका देउवाले आफु प्रधानमन्त्री भए यता मुलुकमा कांग्रेसको लहर आएको भन्दै बहुमत स्थानमा जित हासिल गर्ने पनि दाबी गर्नुभयो।