ट्रक खस्दा ३ को मृत्यु

असार ९, काठमाडौँ। धादिङको बेनिघाटमा ट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । काठमाडौबाट मुग्लिन जाँदै गरेको ट्रक बेनिघाटको रोराङमा पुलबाट हुग्दी खोलामा खस्दा नुवाकोटका सन्जु राई, गडिमाई नगरपालिकाका नरबहादुर खत्री र पर्साका जीवन लामाको मृत्यु भएको हो ।