असार ८, काठमाडौँ। सरकारले सेनालाई निर्माण गर्न दिएको काठमाडौँ तराई द्रुतमार्ग छिटो सक्ने गरी कार्यविधि पारित गरेको छ । मन्त्रिपरिषदको आज बसेको बैठकले फास्ट ट्रयाक सम्बन्धी कार्यविधि पारित गरेको अर्थमन्त्री एवं प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनुभयो ।
यस्तै बैठकले एसियाली विकास बैङ्कले सहरी विकासका लागि दिने १ सय ५० मिलियन अमेरिकी डलरको सहुलियत ऋण ग्रहण गर्नका लागि वार्ता गर्न अर्थ मन्त्रालयका सहसचिवको संयोजकत्वमा वार्ता समिति गठन गर्ने निर्णय गरेको छ ।
बैठकले स्वास्थ्य मन्त्रालयका सचिवमा डा. किरण रेग्मीलाई बढुवा गर्ने निर्णय गरेको छ ।
फास्ट ट्रयाक छिटो सक्ने कार्यविधि पारित
