भारतले चार सय नेपाल ग्यास बुलेट रोक्यो

 

असार ८ ,काठमाडौं – भारत सरकारको असहयोगले नेपालका करिब चार सय ग्यास बुलेट नौ महिनादेखि भारतमा अड्किएका छन्। यो खबर दिलीप पौडेलले आजको नागरिकमा लेखेका छन्।

नेपालमा ग्यास ढुवानी गर्दै आएका भारतीय व्यवसायीको बिजनेस खोसिने भएपछि भारतले विभिन्न बहाना बनाएर नेपाली ग्यास बुलेट सञ्चालनमा अवरोध गरेको हो ।

ग्यास ढुवानीमा भारतीय निर्भरता हटाउनका लागि सरकारले बुलेट खरिद आयातमा छुट दिएपछि नेपाली उद्योगीले बुलेट खरिद गरेका थिए ।

सबै कानुनी प्रक्रिया पुरा गरे पनि भारतले ‘एक्स्प्लोसिभ’ विभागले एक्स्प्लोसिभ प्रमाण पत्र दिएको छैन।

भारतले ‘एक्स्प्लोसिभ’ प्रमाणिकरण नगरेर अल्झाएको नेपाल एलपी ग्यास उद्योग संघका अध्यक्ष शिव घिमिरेले बताए। ‘आयल निगमसँग अनुमति लिएर चार सय नेपाली बुलेट निर्माण गरिसकेका छौ,’ उनले भने,‘ भारतले ‘एक्स्प्लोसिभ’ प्रमाणपत्र नदिएपछि नौ महिनादेखि भारतमै रोकिए।’