विखण्डनकारी सक्रिय : प्रधानसेनापति

 

असार ५ ,काठमाडौं – प्रधानसेनापति राजेन्द्र क्षेत्रीले वर्तमान तरल राजनीतिक अवस्थाको फाइदा उठाउँदै केही विखण्डनकारी र अस्थिरता फैलाउने तत्व सक्रिय हुँदै गइरहेको बताएका छन्। यो खबर हामीले आजको अन्नपूर्णबाट लिएका हौ।

जंगी अड्डामा आइतबार सेनाका पूर्वप्रधानसेनापति तथा बहालवाला एवं अवकाशप्राप्त उच्च सैनिक अधिकारीसँगको अन्तरक्रियामा प्रधानसेनापति क्षत्रीले त्यस्ता तत्वलाई परास्त गर्न सेना तयारी अवस्थामा रहेको बताए ।

जंगी अड्डाले निकालेको विज्ञप्तिमा विखण्डनकारी र अस्थिरता फैलाउने तत्व को हुन् भन्नेबारे खुलाइएको छैन । तर क्षत्रीले आफ्ना भनाइका क्रममा सीके राउतका गतिविधि, निर्वाचन बिथोल्न खोज्ने विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका कार्यकर्ता र राजपाका गतिविधिलाई विखण्डनकारी र अस्थिरता फैलाउने भनी संकेत गरेका छन् ।