प्रदेश नम्बर ५ मा पनि चुनाव हुन नदिने राजपाको रणनीति

 

असार ३, काठमाडौं —  पाँच नम्बर प्रदेशको आन्दोलनलाई थप सशक्त बनाउन राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्ष मण्डलका नेताहरु त्यसतर्फ लाग्दैछन् । राजपा नेतृत्वको संघीय गठबन्धनका संयोजक महन्थ ठाकुरसहित राजेन्द्र महतो, अनिल झा र राजकिशोर यादव लगायतका नेताहरु ५ नम्बर प्रदेशमा पर्ने जिल्लामा आयोजना हुने सभालाई सम्बोधन गर्न अपरान्ह त्यसतर्फ जाने कार्यक्रम रहेको बताइएको छ ।  रेडियो कान्तिपुरसँग कुरा गर्दै नेता राजकिशोर यादवले/मधेशलाई खण्डित गर्ने षडयन्त्र स्वरुप सत्तारुढ दलका नेताहरुले आफूखुशी चुनावको मिति सारेको आरोप लगाउँदै ५ नम्बरमा प्रदेशमा पनि असार १४ मा चुनाव हुन नदिने बताउनुभयो । प्रदेश नम्बर २ मा मात्र चुनावको मिति सारेर सरकारले मधेशको पहिचान र अधिकारलाई पछि पार्न खोजेको उहाँको भनाई थियो । संविधान संशोधन, जनसंख्याका आधारमा स्थानीय तहको संख्या निर्धारण, मधेश आन्दोलनका क्रममा पक्राउ परेकाको रिहाई, मुद्दा फिर्ता लगायतका विषयमा राजपाले अडान कायमै राखेको छ ।

यो समाचार आजको कान्तिपुर बाट लिएको हो