एमाले निकट विद्यार्थीले जलाए प्रधानमन्त्री दउवाको पुत्ला

असार २, काठमाडौँ । दुई नम्वर प्रदेशको चुनाव सारेको विरोधमा एमालेले राजधानीमा प्रधानमन्त्री शेरबहादुर देउवाको पुत्ला जलाएको छ ।
एमाले निटक विद्यार्थी संगठन अनेरास्ववियूले आज प्रधानमन्त्री शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको पुत्ला जलाएको हो । विद्यार्थीहरुले प्रर्दशनीमार्ग्स्थित नेपाल पुलिस क्लबको गेट अगाडि नै पुत्ला जलाएका हुन् । विद्यार्थीहरुले देउवा र प्रचण्डका विरुद्ध नाराबाजी समेत गरेका थिए ।
माउ पार्टी एमालले चुनाव सार्ने सरकारी निर्णयको हिजो नै विरोध गरेको थियो । सत्तारुढ दलहरुको बैठकले राजपालाई पनि चुनावमा सहभागी गराउन भन्दै २ नम्बर प्रदेशको चुनाव असोज २ गते गर्ने निर्णय गरेको थियो ।