काठमाडौ— असुरक्षित खाना र फोहोर पानीमा पाइने सालमोनेलाटाइफी ब्याक्टेरियाका कारण टाइफाइड लाग्छ ।
जहाँ पायो त्यहाँको पानी नउमाली पिउने, खाना जथाभावी खाने र सफापानीले नपखाली फलफूल खाँदा टाइफाइडको सम्भावना हुन्छ ।
आन्द्रामा ज्वरो आउने समस्याका कारण टाइफाइड हुने हुँदा यसलाई ‘आन्द्राबाट आउने ज्वरो’ पनि भनिन्छ ।
ज्वरो आउने, जिउ दुख्ने, पेट दुख्ने, दुई हप्ता कटेपछि कलेजो, फियो बढ्ने टाइफाइडका लक्षण हुन् ।
कडा खालको टाइफाइड लामो समयसम्म रहेमा आन्द्रामा प्वाल पर्ने सम्भावना हुन्छ ।
एजेन्सी