आज राजापा र प्रमुखदलबीच निर्णायक वार्ता, तर राजपाले इच्छा देखाएन

 

जेठ ३१, काठमाडौं – आन्दोलनरत राष्ट्रिय जनता पार्टी नेपालले निर्वाचनमा सहभागी हुने लिखित प्रतिवद्धता गरेमा दोस्रो चरणको निर्वाचन सार्ने विषयमा प्रमुख प्रतिपक्षीसहित सत्तारुढ दलले छलफल गरेको छन् । मंगलबार साँझ प्रमुख प्रतिपक्षी दलसहित सत्तारुढ दलको वैठकमा राजपालाई निर्वाचनमा सहभागी गराउन कुन कुन विषयमा सहमति हुन सक्छ भन्ने सन्दर्भमा छलफल भएको छ ।
राजपालाई निर्वाचनमा सहभागी गराउन आवश्यक प्राविधिक कामका लागि निर्वाचनको मिति सार्न सकिने विषय सत्तापक्षले वैठकमा प्रस्ताव राखेको थियो । एमाले अध्यक्ष केपी ओलीले राजपाले लिखित प्रतिवद्धता जनाएमात्र निर्वाचनको मिति सार्न सकिनेतर्फ सोच्न सक्ने बताएका थिए । आज दलहरुबीच निणौयक छलफल गर्ने तयारी छ ।

दिउँसो ४ बजे सत्तासिन दल, प्रतिपक्ष र राजपासहितको बैठक बोलाइएको छ । तर राष्ट्रिय जनता पार्टी नेपालले आफूहरु आन्दोलन रोकेर वार्ताको जालझेलमा नफस्ने जनाएको छ । राजपाका शीर्ष नेताहरु आन्दोलन परिचलानका लागि तराई–मधेसका जिल्लामा जाने भएकाले सरकारले बुधबारका लागि निर्धारण गरेको वार्तामा सहभागी हुन नसक्ने भएका छन् ।