प्रधानन्यायाधीशमा गोपाल पराजुलीको नाम सिफारिस

जेठ ३०, काठमाडौँ । प्रधानन्यायाधीशमा गोपाल पराजुलीको नाम सिफारिस भएको छ । न्यायपरिषदको आज बसेको बैठकले सर्बोच्च अदालतको आगामी नेतृत्वका लागि कायममुकायम प्रधानन्यायाधीश पराजुलीको एकल नाम सिफारिस गरेको हो। यसअघि निवर्तमान प्रधानन्यायाधीश सुशीला कार्कीले वरिष्ठतम् न्यायाधीश पराजुलीसहित सर्बोच्चमा तीन वर्ष अवधि पुगेका अन्य पाँच जनाको नाम पनि सिफारिस गर्नुभएको थियो ।
न्यायपरिषदको सिफारिसलाई संबैधानिक परिषदबाट पनि निर्णय भएपछि संसदीय सुनुवाईमा जान्छ । संबैधानिक परिषदबाट सिफारिस भएको ३५ दिनभित्र संसदीय सुनुवाई गर्नुपर्ने हुन्छ। ३५ दिन भित्र सुनुवाई नगरेमा स्वतस् सिफारिस भएको मानिने कानुनी प्रावधान छ ।