मधेशका जनता निर्वाचनको समर्थनमा छन् ः प्रमुख निर्वाचन आयुक्त

जेठ ३०, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले मधेशका जनता निर्वाचनको समर्थनमा रहेको बताउनुभएको छ । राजधानीमा आज आयोजित एक कार्यक्रममा उहाले मधेशका जनताको पक्षबाट आयोगले पनि सहयोग पाएको भन्दै आन्दोलन छोडेर निर्वाचनमा सहभागी हुन राजपाका नेताहरुलाई आग्रह गर्नुभयो । उहाले अब निर्वाचनको सबै तयारी पुरा भइसकेकाले कुनैपनि हालतमा आयोग पछि नहट्ने उल्लेख गर्नुभयो । आचार संहिता अनुगमनका लागि सहसचिव स्तरको टोली खटाउने तयारी भइरहेको पनि उहाले जानकारी दिनुभयो । प्रमुख आयुक्त यादवले अब स्थानीय तहको संख्या बढाउने मागको सन्दर्भिकता नै सकिएको बताउनुभयो ।