बसको झ्यालबाट उछिट्टिएर शिशुको मृत्यु

जेठ ३० । खोटाङमा बस दुर्घटना हुँदा ११ महिने एक शिशुको मृत्यु भएको छ । सदरमुकाम दिक्तेलबाट यात्रु लिएर जयरामतर्फ जाँदै गरेको बस हलेसी तुवाचुङ नगरपालिका–१ बाहुनीडाँडामा दुर्घटना भएको हो । दुर्घटनामा रुपाकोट मझुवागढी –१२ जालपाका ११ महिने अजित विश्वकर्माको मृत्यु भएको हो । मध्यपहाडी यातायात व्यवसायी संघमा आवद्ध बस जयरामघाटभन्दा एक किलोमिटर माथि रहेको मोडको भित्तामा ठोक्किँदा काखको शिशु झ्यालबाटै उछिट्टिएको प्रहरीले जनाएको छ । दुर्घटनामा पाँच जना घाइते भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी नबिनकिशोर प्रधानले बताउनुभयो ।