राजपाको बन्दले निर्वाचनलाई फरक पार्दैनः प्रमुख निर्वाचन आयुक्त

जेठ २९, काठमाडौँ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले बन्द हड्तालका बावजुद असार १४ मा निर्वाचन हुने दाबी गर्नुभएको छ । मोरङको विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीहरुसँग कुरा गर्दै प्रमुख आयुक्त यादवले असार १४ को मिति सार्न नमिल्ने बताउनुभयो ।
राष्ट्रिय जनता पार्टीले घोषणा गरेको आन्दोलनलाई इंगित गर्दै उहाले बन्दले असर नपार्ने र जनता हिडेरै भएपनि मतदानलाई भाग लिन जाने ठोकुवा गर्नुभयो । निर्वाचका लागि आयोगको निश्चित समय र बटमलाइन हुने भन्दै उहाले सबै प्रदेशमा एकैपटक निर्वाचन हुने र असार १४ को मिति अकाट्य हुने बताउनुभयो ।