उम्मेदवारका चिन्ह अंकित टिसर्ट, टोपी र झोला बाँड्न नपाईने

 

जेठ २८, काठमाडौं – निर्वाचन आयोगले चुनाव प्रचार क्रममा राजनीतिक दल र उम्मेदवारका चिह्नअंकित टिसर्ट, टोपी र झोला वितरण कार्य तत्काल रोक्न मुख्य निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।

दल र उम्मेदवारका चिन्हअंकित टिसर्ट टोपी र झोला वितरण कार्य निर्वाचन आचारसंहिताविपरीत हुनेतर्फ आयोगले सम्बन्धित दल र उम्मेदवारको ध्यानाकर्ष पनि गरेको छ, यो खबर आजको अन्नपुर्ण पोष्टमा छ ।