मन्त्री बन्न हानाथाप

काठमाडौं, जेठ २७-शेरबहादुर देउवा नेतृत्वको सरकारमा मन्त्री बन्ने विषयलाई लिएर सत्तारूढ दलभित्र भाँडभैले मच्चिएको छ। यो खबर भुवन शर्माले आजको नागरिक दैनिकमा लेखेका छन्। यस्तै अवस्था प्रधानमन्त्री निर्वाचनमा  उनलाई मत दिएका अन्य दलमा पनि देखिएको छ।

सबै दलमा मन्त्री हुने आकांक्षी बढी भएकाले विवाद टुंग्याउन नसक्दा प्रधानमन्त्री देउवाले सुरूमा ८ सदस्यी मन्त्रिमण्डल मात्र बनाएका छन्।

स्रोतका अनुसारदेउवाले दोस्रो चरणको चुनावअघि केही मन्त्री थप्ने सोँच बनाएका छन् तर सरकामा कसकसलाई थप्ने भन्नेबारे सत्तासिन दलभित्रै भाँडभैलो उत्पन्न भएको छ।

सत्तारूढ दल नेपाली कांग्रेस र माओवादी केन्द्रमा मात्र नभइ फोरम लोकतान्त्रिक र राप्रपा भित्र पनि मन्त्री छान्ने विषयमा विवाद उत्पन्न भएको छ।