प्रधानन्यायाधीशको दु:खेसो – ‘राम्रो गरेको कसैले सहँदो रहेनछ’

जेठ २२, डोटी – प्रधानन्यायाधीश सुशीला कार्कीले यो देशमा राम्रो काम गरेको कसैले नसहँदो रहेछ भनेकी छन्। सुदूरपश्चिमको पर्यटकीय क्षेत्र खप्तड भ्रमणका क्रममा आइतबार कार्कीले दिपायलको राजपुरस्थित उच्च न्यायालय निरीक्षणा क्रममा उक्त कुरा बताएकी हुन्। यो खबर हामीले आजको नेपाल समाचार पत्रबाट लिएका हौ।

कार्कीले लामो समयदेखि जम्मा भएका मुद्दाहरुलाई चाडो किनारा लगाउन निर्देशन दिएकी थिइन्। सोही क्रममा प्रधानन्यायाधीश कार्कीले भनिन्,‘पुराना जम्मा भएका मुद्दाहरू चाँडो फैसला गरिँदा पीडितले चाडो न्याय पाउने भएकाले त्यसमा जोड दिनुहोला। यो देशमा राम्रो काम गरेको कसैले देखि नसहदो रहेछ। मैले न्याय क्षेत्रमा राम्रो काम गरौला भन्ने सोचेको थिएँ।’